काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली छ। यस्तै तराईका भूभागमा बिहानीपख हुस्सु तथा कुहिरोको सम्भावना छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना छ। यी चार प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ।