२०८२ असार २४, मङ्गलवार , ०४:१४:४४ बजे

Sajhamanch
'

यस्तो छ आजको मौसम

मङ्गलवार, माघ १५, २०८१

काठमाडौं । देशभरको मौसम मंगलबार मुख्यतया सफा रहनेछ ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ। तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदलीको सम्भावना रहेको जनाएको छ। बाँकी प्रदेशका अन्य भूभागमा मौसम सफा रहनेछ।काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छसोमबार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस थियो । हिजोको भन्दा आज तापक्रम केही बढेको हो।

सम्बन्धित खबर