२०८१ पौष १२, शुक्रवार , १२:३९:३३ बजे

Sajhamanch
'

‘क्रिसमस डे’कै दिन रुसद्वारा युक्रेनमा भीषण आक्रमण

बिहिवार, पौष ११, २०८१

झापा । क्रिसमस डेका दिन रुसले युक्रेनी उर्जा केन्द्रमा भीषण आक्रमण गरेको छ। पछिल्लो २४ घण्टामा रुसी सेनाले १८४ वटा मिसाइल र ड्रोन आक्रमण गरेको युक्रेनको वायुसेनाले जनाएको छ।

रुसले स्थल, हवाई र जल क्षेत्रबाट प्रहार गर्ने क्षेप्यास्त्रहरू तथा ड्रोनहरू प्रयोग गरेर ऊर्जा केन्द्रहरूलाई निशाना बनाएको युक्रेनी सेनाको दाबी छ ।

सो क्षेत्रमा ५९ वटा मिसाइल र ५४ ड्रोन प्रहार भएको समाचारमा उल्लेख छ । थप ५२ वटा ड्रोन भने बीचमै निष्क्रियय बनाएको दाबी युक्रेनले गरेको छ।

आक्रमण विशेष गरेर खार्किभ, कीभ, निप्रोपेट्रोभस्क, पोल्टाभा, जाइटोमिर, इभानो–फ्रान्किभस्क र जापोरिझियामा केन्द्रित थियो ।

यसैबीच युक्रेनी गोलाबारीमा रुसको कुस्र्क क्षेत्रको लगोभ सहरमा युक्रेनी गोलाबारीमा चारजनाको मृत्यु भएको र पाँचजना घाइते भएको उक्त क्षेत्रका कार्यवाहक गभर्नरले बताएका छन्।

कार्यवाहक गभर्नर अलेक्ज्याण्डर खिन्स्टाइनका अनुसार पाँच तले भवन, दुई तले आवासीय भवन र एक तले ब्युटी सैलुनमा क्षति पुगेको छ। कुस्रकका केही भूभाग युक्रेनले गत अगष्टदेखि आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै आएको छ ।

सम्बन्धित खबर