काठमाडौं । हङकङको १९ वर्षमुनिको टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाली युवा टोलीले ‘क्लिन स्वीप’ गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले हङकङलाई १३० रनले हरायो ।
नेपालले दिएको २६६ रनको लक्ष्य पछ्याएको हङकङले ५० ओभरमा ९ विकेट गुमाएर १३५ रनमात्र बनाउ सक्यो । हङकङका प्रीत मन्गुकियाले नटआउट ५५ रन बनाए । नेपालका कप्तान अभिषेक तिवारी र अफ्रुद्दीन राइनले २र२ विकेट लिए ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९ ओभर १ बलमा २६५ रनमा अलआउट भयो । नेपालका सूर्यंशु कोइरालाले ६०, अभिषेक तिवारीले ५६, सन्तोष यादवले ५३ रन बनाए । हङकङका डेनेल माप, पार्थ श्रीवास्तव, शयन पुरी र प्रीत मन्गुकियाले २र२ विकेट लिए ।
नेपालले पहिलो खेल ३ विकेट र दोस्रो खेल २२६ रनले जितेको थियो । १९ वर्षमुनिको विश्वकप एशिया छनोटको तयारीका लागि नेपाल र हङकङबीच यो शृङ्खला भएको हो । विश्वकप एशिया छनोट आउँदो वर्षको अप्रिलमा काठमाण्डौमा हुनेछ ।