२०८१ पौष ७, आइतवार , ०६:१५:४४ बजे

Sajhamanch
'

ट्रम्पलाई एक करोड ५० लाख डलर तिर्न अमेरिकी सञ्चारमाध्यम एबीसी तयार

आइतवार, मंसिर ३०, २०८१

झापा । अमेरिकी सञ्चारमाध्यम एबीसी न्यूजले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई एक करोड ५० लाख अमेरिकी डलर अर्थात दुई अर्ब तीन करोड नेपाली रुपैयाँ भन्दा धेरै रकम तिर्ने भएको छ ।

ट्रम्पबारे झुठो सामग्री प्रकाशित, प्रसारित गरेको स्वीकार गर्दै एबीसीले एक करोड ५० लाख डलर तिर्न सहमति भएको बीबीसीले जनाएको छ ।

ट्रम्प ‘बलात्कारका लागि जिम्मेवार’ रहेको भन्दै एबीसी न्यूजले आफ्नो अनलाइन पोर्टलमा समाचार प्रकाशन गरेको थियो । तर, अहिले गल्ती स्वीकार गर्दै मुद्दा मिलाउन १५ मिलियन अर्थात एक करोड ५० लाख डलर भर्न तयार भएको हो ।

सम्झौताअनुसार अब एबीसी न्यूजले ट्रम्पले स्थापित गरेको फाउण्डेशन वा राष्ट्रपतिको नामबाट स्थापित सङ्ग्रहालय अथवा धर्मार्थ योगदानका रुपमा एक करोड ५० लाख डलर जम्मा गर्नेछ ।

यस्तै, ट्रम्पको कानूनी शुल्कका रुपमा थप १० लाख डलर भुक्तानी गर्नसमेत एबीसी न्यूज सहमत भएको छ । सम्झौता अनुसार एबीसीले १० मार्च २०२४ मा अनलाइन प्रकाशित समाचार सामग्रीको मुनि सम्पादकको नोट (भूलसुधार) पोष्ट गर्नेछ ।

सम्बन्धित खबर