२०८१ मंसिर २६, बुधवार , ०८:२४:२० बजे

Sajhamanch
'

इजरायलले सिरियाका १५ वटा नौसैनिक जहाज माथि आक्रमण गर्‍यो

बुधवार, मंसिर २६, २०८१

काठमाडौं । इजरायलले सिरियाको नौसैनिक जहाज माथि आक्रमण गरेको छ । इजरायलले गएराति अल–बायदा र लताकिया बन्दरगाहमा रहेका १५ वटा नौसैनिक जहाज माथि आक्रमण गरेको इजरायली सेनाले बताएका छन् ।

उनीहरुका अनुसार सिरियाली सैन्य तागतलाई कमजोर बनाउन आक्रमण गरिएको हो । आक्रमणका कारण जहाज र बन्दरगाहका केही भागहरूमा ठूलो क्षति भएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति बशर अल–असद अपदस्थ भएपछि इजरायलले सिरियामा ३१० भन्दा धेरै ठाउँमा आक्रमण गरिसकेको इजरायली सेनाको दाबी छ ।

इजरायली रक्षा मन्त्री इस्राइल कात्जले असदको सत्ता गएको मौका पारेर सिरियालाई कमजोर बनाउन आक्रमण गरिएको बताएका छन् ।

सम्बन्धित खबर