२०८१ मंसिर १७, सोमवार , १०:३३:३५ बजे

Sajhamanch
'

चीनद्वारा सबैभन्दा अत्याधुनिक लडाकु विमान सार्वजनिक

सोमवार, मंसिर १७, २०८१

झापा । चीनले उसको सबैभन्दा अत्याधुनिक लडाकु विमान सार्वजनिक गरेको छ । चीनको जे-३५ए स्टिल्थ फाइटर विमानले चुहाइ हवाई प्रदर्शनीमा पाँच मिनेट उडान भरेको थियो ।

जे-३५ए जमिनबाट उड्ने र अवतरण गर्ने लडाकु विमान हो । यसको अर्को भेरियन्टले विमानवाहक युद्धपोतबाट उडान र अवतरण गर्नेछ ।

यो लडाकु विमानको क्षमताबारे धेरै जानकारी सार्वजनिक गरिएको छैन । तर, यसको सार्वजनिकीकरण चिनियाँ सेनाको आधुनिकीकरणको क्रममा महत्वपूर्ण कदम भएको विश्लेषकहरूको भनाइ छ । त्यस्तै, यसले एसिया-प्यासिफिक क्षेत्रमा, खासगरी ताइवानवरिपरि अमेरिकाको प्रभुत्वलाई चुनौती दिने पनि उनीहरू बताउँछन् ।

जे-३५ विमान सार्वजनिक गरेपछि चीन स्टिल्थ फाइटरका एकभन्दा बढी सिरिज ल्याउने अमेरिकापछिको दोस्रो मुलुक बनेको छ । अमेरिकासँग भएको एफ-२२ र एफ-३५ यस्तो विमान हो भने चीनको जे-२० र जे-३५ ।

जे-३५ सेनयाङ एयरक्राफ्ट कर्पोरेसनले दशकभन्दा लामो समय लगाएर बनाएको हो । यसअघि जे-२० विमान २०१७ मा सेवामा प्रवेश गरेको थियो । जे-३५ भने २०२६ मा सेवामा प्रवेश गर्ने आकलन गरिएको छ ।

यसले अमेरिकाको एफ-३५ लाई टक्कर दिने कतिपयको भनाइ छ । तर, विमानवाहक युद्धपोतबाट उड्ने जे–३५बी भने हालसम्म सार्वजनिक गरिएको छैन ।

त्यो जहाजलाई धावनमार्ग चाहिँदैन, सोझै उड्ने र अवतरण गर्ने गर्छ । यसवर्षको चिनियाँ हवाइ प्रदर्शनीमा रुसको सुखोइ एसयू-५७ लडाकु जहाज पनि समावेश थियो ।

सम्बन्धित खबर