२०८१ पौष १०, बुधवार , १०:३६:२८ बजे

Sajhamanch
'

अमेरिकाप्रति आभार व्यक्त गर्दै जेलेन्स्कीले भने–आक्रमण शब्दले गर्दैनन्

सोमवार, मंसिर ३, २०८१

काठमाडौं । अमेरिकाले युक्रेनलाई रुसी सीमाभित्र लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएको छ । अमेरिकाको यो निर्णयप्रति युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आभार प्रकट गरेका छन् ।

अमेरिकी निर्णयप्रति आभार प्रकट गर्न जेलेन्स्कीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ,’हामीलाई हवाई रक्षा प्रणालीमा सहयोग गर्ने हाम्रा साझेदारहरूप्रति म आभारी छु।’

उनले साझेदारहरूबाट अझै आवश्यक सुविधा नपाएको तर लक्ष्य प्राप्तिको लागि निरन्तर काम गरिरहेको बताए । जेलेन्स्कीले युक्रेनलाई बलियो बनाउन तयार बनाएको ‘विजय योजना’ मा लामो दूरीमा आक्रमण गर्ने क्षमता अभिवृद्धि पनि समावेश थियो ।

‘हामीले स्वीकृति पाएका छौं भनेर मिडियामा धेरै कुराहरू भएका छन्, तर आक्रमणहरू शब्दले गर्दैनन् । यी कुराहरू घोषणा गरिएको छैन। क्षेप्यास्त्रहरू आफैं बोल्नेछन्,’ उनले आभार प्रकटसँगै असन्तुष्टि पनि पोखेका छन् ।

यसअघि जेलेन्स्कीले रुस-युक्रेन द्वन्द्व अन्त्यका लागि देशको संसदमा ‘विजय योजना’ प्रस्तुत गरेका थिए ।

‘विजयी योजना’ मा उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) मा सामेल हुन औपचारिक निमन्त्रणा र रूसभित्र लामो दूरीको हमलाहरू सम्बन्धमा सहयोगीहरू विरुद्ध प्रतिबन्धहरू हटाउने विषयहरू समावेश थियो।