२०८१ कार्तिक ३०, शुक्रवार , १२:४७:४० बजे

Sajhamanch
'

श्रीलङ्काको संसदमा वामपन्थी गठबन्धनलाई दुई तिहाइ

शुक्रवार, कार्तिक ३०, २०८१

झापा । श्रीलङ्काको संसदमा वामपन्थी गठबन्धनले दुई तिहाइ सिट जितेको छ ।

राष्ट्रपति अनुरा कुमारा दिशानायकेको पार्टीले नेतृत्व गरेको वामपन्थी गठबन्धनले खसेको कुल मतमध्ये झण्डै ६३ प्रतिशतसहित संसदमा एकल बहुमत बनाएको हो । हिजो भएको मतदानमा ६५ प्रतिशत मत खसेको थियो ।

पछिल्लो गणनाअनुसार दिसानायकेको राष्ट्रिय जनशक्ति (एनपीपी) विपक्षी गठबन्धन समगी जन बलवेगया (एसजेबी) भन्दा धेरैले अगाडि छ । २२५ सदस्यीय संसदमा एनपीपीले अहिलेसम्म १२३ सिट जितेको छ ।

श्रीलङ्काको संसदमा १९६ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने २९ जना समानुपातिक प्रक्रियाबाट चयन गरिन्छ । बहुमतका लागि ११३ सिट आवश्यक पर्छ ।

सम्बन्धित खबर