२०८१ कार्तिक ७, बुधवार , १०:५२:२६ बजे

Sajhamanch
'

भारतको बेंगलुरुमा ७ तले भवन भत्कियो, ५ जनाको मृत्यु

बुधवार, कार्तिक ७, २०८१

झापा । कर्नाटकमा भारी वर्षाका कारण मंगलबार बेंगलुरुमा निर्माणाधीन ७ तले भवन भत्किएको छ । भवन भत्किंदा ५ जनाको मृत्यु भएको जनाइएको छ । भग्नावशेषमा २१ जना फसेका जसमध्ये १३ जनाको उद्धार गरिएको उल्लेख छ।

३ जना भने अझै पनि भग्नावशेषमा पुरिएका छन् । एनडीआरएफको टोलीले भग्नावशेषमा पुरिएका मानिसहरूको उद्धार गर्न रातभर उद्धार कार्य जारी राखेको थियो। बुधबार बिहान कुकुरसहितको टोली पनि बोलाइएको थियो । भग्नावशेष हटाउन ठूला मेसिन पनि बोलाइएको छ ।

एक प्रत्यक्षदर्शी मजदुरका अनुसार १ बजे दिउँसो खाना खाइरहेको समयमा ठूलो आवाज सुनियो । यो भवन हल्लिन थाल्यो र केही समयपछि भत्कियो।

सम्बन्धित खबर