२०८१ कार्तिक ६, मङ्गलवार , ०१:१६:५० बजे

Sajhamanch
'

सुनको भाउ तोलाको १,६५,९०० रुपैयाँ !

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौं । सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ ।

सुनको भाउ ३०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि एकैदिन ६०० रुपैयाँले बढेर सुनको भाउमा कीर्तिमान बनेको थियो ।

दशैँ बिदापछि सुनको भाउ लगातार बढिरहेको छ । दशैँ बिदापछिको पहिलो दिन १ हजार ४०० ले बढेर तोलाको एक लाख ६० हजार ५०० रुपैयाँ पुगेको सुनको भाउ त्यसयता बढिरहेको हो । सुनको भाउ सात दिनमा ५ हजार ४०० रुपैयाँले बढेको छ ।

मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिले भाउ बढेको हो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको २ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सम्बन्धित खबर