२०८३ वैशाख १७ बिहिवार , ०१:२६:१० बजे

Sajhamanch
'

आज सुनको भाउ तोलामा एक हजार ८०० रुपैयाँले घट्यो

बिहिवार, वैशाख १७, २०८३

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा एक हजार ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज भाउ घटेर सुन तोलाको दुई लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ९४ हजार ५०० रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदी आज तोलामा १०५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा चार हजार ८१० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चाँदी तोलाको चार हजार ९१५ रुपैयाँ रहेको थियो ।

बिहिवार, वैशाख १७, २०८३ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर