२०८१ कार्तिक ६, मङ्गलवार , ११:१७:१८ बजे

Sajhamanch
'

१६औं ब्रिक्स सम्मेलन आजदेखि, रुसी राष्ट्रपति र राष्ट्रसङ्घका महासचिवबीच द्विपक्षीय वार्ता हुने

मङ्गलवार, कार्तिक ६, २०८१

झापा । आजदेखि १६औं ब्रिक्स शिखर सम्मेलन शुरू हुँदैछ । रुसको अध्यक्षतामा कजान शहरमा हुने सम्मेलनमा यो समूहका ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच विकासशील देश सहभागी हुनेछन् ।

सम्मेलनको सन्दर्भमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुने बीबीसीले जनाएको छ ।

महासचिव गुटेरेसको सन् २०२२ अप्रिलपछि रुसको यो पहिलो भ्रमण हो । पुटिनले पर्सि बिहीवार अक्टोबर २४ मा गुटेरेससँग द्विपक्षीय वार्ता गर्नु हुने क्रेमलिनका सल्लाहकार युरी उशाकोभले बताएको खबरमा उल्लेख छ ।

यसअघि ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले भने टाउकोमा लागेको चोटका कारण ब्रिक्स शिखर सम्मेलनका लागि रुसको भ्रमण रद्द गरेका छन् । अब उनले भिडियो कन्फ्रेसिङ्गको माध्यमबाट सम्मेलनमा भाग लिनु हुनेछ । ब्रिक्स शिखर सम्मेलन पर्सि बिहीवार सकिनेछ ।

सम्बन्धित खबर