२०८१ कार्तिक ५, सोमवार , ०५:११:३३ बजे

Sajhamanch
'

सुडानमा १० लाख मानिस बाढीको चपेटामा

सोमवार, कार्तिक ५, २०८१

झापा । दक्षिणी सुडानमा आएको बाढीका कारण १० लाखभन्दा धेरै मानिस प्रभावित भएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय सहायता संगठन ओचाले यस्तो बताएको हो । बाढीका कारण एक चौथाई भन्दा धेरै मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।

विस्थापितहरूले अग्लो स्थानमा आश्रय लिन खोजिरहेको भएपनि वर्षाका कारण सहायता पुर्याउन गाह्रो भइरहेको ओचाले भनेको छ । यो दक्षिणी सुडानमा बाढीको मौसममा हालैका दशकमा आएको अहिलेसम्मकै खराब बाढी भएको बताइएको छ ।

मे मा नै सुडानको सरकारले अन्तरराष्ट्रिय समुदायलाई केही महीनाभित्रै देशभरमा भिषण वर्षा हुने जोखिमबारे सतर्क गराएको थियो ।

सम्बन्धित खबर