२०८१ कार्तिक ५, सोमवार , १२:५९:२० बजे

Sajhamanch
'

टाउकोमा चोटका कारण ब्राजिलका राष्ट्रपतिद्वारा ब्रिक्स सम्मेलनका लागि रुस भ्रमण रद्द

सोमवार, कार्तिक ५, २०८१

झापा । ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले टाउकोमा लागेको चोटका कारण ब्रिक्स शिखर सम्मेलनका लागि रुसको भ्रमण रद्द गरेका छन् । उनी रुसमा आयोजना हुने ब्रिक्स सम्मेलनमा सहभागी हुने तयारीमा थिए ।

ब्राजिलका राष्ट्रपति घरमै एक दुर्घटनामा घाइते हुनुभएको बीबीसीले जनाएको छ । उनको टाउकोमा पाँच वटा टाँका लगाएर घर पठाइएको खबरमा उल्लेख छ ।

ब्राजिलको राजधानी ब्राजिलियाको एक अस्पतालले राष्ट्रपति सिल्भालाई लामो दूरीको हवाई यात्रा नगर्न सल्लाह दिएको जनाएको छ । अब उनले भिडियो कन्फ्रेसिङ्गको माध्यमबाट सम्मेलनमा भाग लिने छन् ।

‘ब्रिक्स’ पाँच विकासशील देशको एक समूह हो जसमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका समावेश छन् । १६ औं ब्रिक्स सम्मेलन रुसको अध्यक्षतामा भोलिदेखि कजान शहरमा आयोजना हुँदैछ । सम्मेलन आउँदो बिहीवार सकिनेछ ।

सम्बन्धित खबर