२०८१ कार्तिक २२, बिहिवार , ०५:००:४९ बजे

Sajhamanch
'

पाकिस्तानले धेरै संस्थाको निजीकरण गर्ने

सोमवार, असोज १४, २०८१

झापा । आर्थिक सङ्कटमा परेको पाकिस्तानको सङ्घीय सरकारले धेरै संस्था निजीकरण गर्न प्राथमिकता दिने भएको छ ।

पाकिस्तानी सञ्चार माध्यमका अनुसार प्रधानमन्त्री शहबाज शरिफले निजीकरण तथा उद्योग मन्त्रालयलाई निजीकरण प्रक्रियाको निगरानी गर्न निर्देशन दिएका छन् । निजीकरण गर्न नसकेको अवस्थामा ती संस्था बन्द गर्ने उनको भनाइ छ ।

मन्त्रालयले पाकिस्तान स्टोन डेभलपमेन्ट कम्पनी, पाकिस्तान अटोमोबाइल कर्पोरेशन र पाकिस्तान इन्स्टिच्युट अफ म्यानेजमेन्टलगायतका धेरै संस्था निजीकरणका लागि पहल भइरहेको छ ।

यसैबीच ऋणमा डुबेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पिआइए) को निजीकरण प्रक्रिया केहीदिनमै पूरा हुने भएको खबरमा उल्लेख छ । निजीकरण प्रक्रियाअन्तर्गत पेट्रोलियम डिभिजनको विभाग इएनएआर पेट्रोटेक सर्भिसेज प्रा।लि विघटन हुनेछ ।

यद्यपि सरकारले पेट्रोलियम डिभिजनअन्तर्गत पाकिस्तान स्टेट आयल (पिएसओ), पाक–अरब रिफाइनरी लिमिटेड र सुई ग्यास कम्पनी लगायत अन्य विभागको बारेमा निर्णय गर्न बाँकी छ ।

सम्बन्धित खबर