झापा । अस्ट्रेलियामा पछिल्लो तीन महिनामा एमपक्स (मङ्कीपक्स) का घटनामा तीव्र वृद्धि भएको छ। स्वास्थ्य विशेषज्ञहरूले कम खोप दरले सहरबाहिर एमपक्स संक्रमितको संख्यामा वृद्धि भएको छ।
सन् २०२४ सेप्टेम्बरको अन्त्यसम्ममा ७३७ व्यक्तिमा एमपक्स संक्रमण देखिएको छ भने तीमध्ये अधिकांश संक्रमण पछिल्ला केही महिनामा भएका छन्।
अस्ट्रेलियामा गत वर्ष २६ र सन् २०२२ मा १४४ व्यक्तिमा एमपक्स संक्रमण पुष्टि भएको थियो। यस वर्षको अधिकांश संक्रमित दक्षिणपूर्वी राज्यहरूका रहेका र दुई जनाबाहेक अन्य सबै संक्रमित महिला रहेका छन्।
अस्ट्रेलियन डिपार्टमेन्ट अफ हेल्थ एन्ड एज्ड केयरका प्रवक्ताले एएफपीसँग कुरा गर्दै यस वर्षको मे महिनादेखि नै संक्रमित संख्या बढ्दै गएको बताएका छन्।
अस्ट्रेलियाले खोप लगाउनका लागि यस पहिलेको प्रतिबन्ध हटाएर ‘एमपिक्सको जोखिममा रहेका सबै उमेर समूहका व्यक्तिहरू’ ले खोप लगाउन सक्ने बताएको छ।
सिड्नीका यौन स्वास्थ्य चिकित्सक तथा जीपी म्याथ्यु शिल्ड्सले राष्ट्रिय प्रसारक एबीसीलाई बताएअनुसार खोप दर कम भएका महानगर क्षेत्रबाहिर भाइरस संक्रमण पत्ता लागेको छ।
एमपक्स संक्रमित जनावरहरूबाट मानिसमा सर्ने भाइरस हो। यो शारीरिक सम्पर्कको माध्यमबाट पनि मानिसबाट मानिसमा सर्न सक्छ।
कुनै–कुनै अवस्थामा घातक यस भाइरसका कारण ज्वरो आउने, मांसपेशी दुख्ने र छालामा ठूलो फोकाजस्तो घाउहरू आउने गर्छ। सन् २०२२ को मे महिनामा क्लेड २ बी विश्वभर फैलिएपछि यो भाइरसबारे अन्तर्राष्ट्रिय रूपमा चासो बढेको थियो।
जुलाई २०२२ मा, विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो। अस्ट्रेलियाले एमपक्सको अधिक खतरनाक मानिएको नयाँ ‘क्लेड १ बी भेरियन्ट’को मानिसमा संक्रमण पुष्टि भने गरेको छैन।