२०८१ कार्तिक २२, बिहिवार , ११:५४:३१ बजे

Sajhamanch
'

लेबनान–इजरायली सीमामा २१ दिने युद्ध विरामको अनुरोध

बिहिवार, असोज १०, २०८१

झापा । लेबनानमा बढ्दो द्वन्द्वलाई देखेर अमेरिका र ईयूले २१ दिने युद्ध विरामको प्रस्ताव गरेका छन् ।

इजरायल र हिजबुल्लाहबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै अमेरिका, युरोपेली संघ (ईयु) र अन्य सहयोगी राष्ट्रहरूले तत्कालै लागू हुने गरी २१ दिने युद्ध विरामको प्रस्ताव गरेका हुन् ।

अमेरिका, बेलायत र ईयूर समेतका राष्ट्रहरूले यस समस्याको समाधान खोज्न र गाजामा युद्ध विरामको प्रस्ताव गरेका छन् । इजरायल, लेबनान, प्यालेस्टाइन बिचको दुश्मनी अहिले असह्य भएको विज्ञप्तिमा यी देशहरूले भनेका छन् ।

यसले सम्पूर्ण क्षेत्रमा युद्धको खतरा बढेको र यो लेबनान र इजरायलका जनताको हितमा नभएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इजरायली सेना प्रमुखले हवाई हमलापछि इजरायलले लेबनानमा रहेको हिजबुल्लाहका गढहरूमा भूमिबाटै आक्रमणको तयारी गरिरहेको बताएपछि युद्ध विरामको यो प्रस्ताव अगाडि ल्याइएको हो ।

इजरायलले विगत तीन दिनदेखि लेबनानमा हिजबुल्लाहलाई निशाना बनाउँदै लेबनानमा व्यापक हवाई आक्रमण गरिरहेको छ । हिजबुल्लाहले पनि जवाफी कारबाही गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ५०० भन्दा धेरैको मृत्यु भइसकेको छ ।

सम्बन्धित खबर