२०८१ पौष २७, शनिवार , ०४:३८:१५ बजे

Sajhamanch
'

पारा ओलम्पिकमा नेपालका भरतले आज जापानी खेलाडीसँग प्रतिस्पर्धा गर्दै

बिहिवार, भदौ १३, २०८१

काठमाडौं । पेरिस पारा ओलम्पिक २०२४ मा बिहीबार नेपाली पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले जापानी खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन् ।

भरतले पारा तेक्वान्दो के-४४ क्याटगोरी अन्तर्गत पुरुष ५८ केजीमुनिको प्रिक्वार्टरफाइनलमा जापानी खेलाडी मित्सुया तानाकासँग खेल्नेछन् ।

यो खेल नेपाली समयअनुसार दिउँसो ३ बजे ग्राण्ड पलाइसमा सुरु हुनेछ । यस खेलको विजेताले क्वार्टरफाइनलमा अजरबैजानका सबिर जेनालोभस प्रतिस्पर्धा गर्नेछ ।

भरत वाइल्ड कार्डमार्फत पहिलो पटक पारा ओलम्पिकमा छनोट भएका हुन् ।

सम्बन्धित खबर