२०८१ पौष २८, आइतवार , ०३:५४:४८ बजे

Sajhamanch
'

आइसीसीको अध्यक्षमा जय शाह निर्विरोध

बुधवार, भदौ १२, २०८१

झापा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ अध्यक्षमा जय शाह निर्विरोध निर्वाचित भएका छन्। शाहले वर्तमान अध्यक्ष ग्रेग बार्कलेको स्थानमा निर्विरोध निर्वाचित भएका हुन्। शाहले डिसेम्बर १ देखि अध्यक्षको कार्यकाल सुरु गर्ने छन्।

३५ वर्षीय शाह भारतीय क्रिकेट बोर्ड भारतीय क्रिकेट बोर्डका (बिसिसिआई) का समेत सचिव हुन्। शाह आइसिसीको अध्यक्ष हुने सबैभन्दा कान्छा व्यक्ति हुन्।

सन् २०२० देखि दुई कार्यकाल आइसिसीको अध्यक्ष रहेका बार्कलेले बोर्डसमक्ष आफु तेस्रोका लागि पदमा नरहने बताएका थिए।

बार्कले अध्यक्ष नरहने पुष्टि भएपछि बोर्ड अफ डाइरेक्टर्सले मंगलबारसम्मको लागि मनोनयन दर्ता गर्न समय दिएको थियो। तर, शाहको मात्र उम्मेदवारी परेपछि शाह निर्विरोध निर्वाचित भएका हुन्।

शाहले २००९ मा गुजरात प्रदेश क्रिकेट संघबाट आफ्नो क्रिकेट प्रशासनिक करियर सुरु गरेका हुन्। शाह सन् २०१९ को अक्टोबरदेखि बिसिसिआईको सचिव छन्।

२०२२ मा उनी आइसिसीको प्रभावशाली फाइनान्स एण्ड कमर्सियल अफेयर्स (एफ एण्ड सीए) कमिटीको सदस्य बनेका थिए। शाह २०२२ मा बिसिसिआईको सचिवमा पुनः निर्वाचित भएका थिए।

बिसिसिआईको सचिवका रुपमा शाहको कार्यकाल सन् २०२५ सम्मको छ। आइसिसीको अध्यक्षको जिम्मेवारी सम्हालेपछि उनले बिसिसिआई र आइसिसीको एफ एण्ड सिए कमिटीको पद त्याग्नु पर्नेछ। शाह २०२१ देखि २०२४ सम्म एसियाली क्रिकेट परिषद् (एसिसी) को समेत अध्यक्ष थिए।

सम्बन्धित खबर