२०८१ माघ २९, मङ्गलवार , १०:५४:४५ बजे

Sajhamanch
'

एमालेको सचिवालय बैठक बिहीबार

आइतवार, भदौ ९, २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार दिउँसो १ बजे बस्ने छ।

यसैगरी, सचिवालय बैठकका एजेन्डा तय गर्न आइतबार (आज) केन्द्रीय कार्यालयमा कार्यालय बैठक बसेको थियो। महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको कार्यालय बैठकले सचिवालय बैठकका लागि पार्टीको वार्षिक कार्यायोजना र समसामयिक राजनीतिक विषयका एजेन्डा तय गरेको छ।

बैठकमा महासचिव पोखरेलसहित उपमहासचिवहरु, सचिवहरु र कार्यालय सचिव सहभागी रहेका सो पार्टीले जनाएको छ।

सम्बन्धित खबर