२०८१ मंसिर १६, आइतवार , ०३:०३:१७ बजे

Sajhamanch
'

इंग्ल्याण्डले जित्यो श्रीलङ्कासँगको पहिलो टेष्ट क्रिकेट

आइतवार, भदौ ९, २०८१

काठमाडौं । श्रीलङ्कासँगको पहिलो टेष्ट क्रिकेट इंग्ल्याण्डले जितेको छ । म्यानचेस्टरमा श्रीलङ्काले दिएको २०५ रनको लक्ष्य इंग्ल्याण्डले चौथो दिनको खाना समयपछि पाँच विकेट गुमाएर भेटायो । उसका जोय रुटले नटआउट ६५ रन बनाए ।

पहिलो पारीमा श्रीलङ्काले २३६ रन बनाएकोमा इंग्ल्याण्डले भने ५५८ रन बनाएको थियो । दोस्रो पालीमा श्रीलङ्काले ३२६ रन बनाएपछि इंग्ल्याण्डले २०५ रनको लक्ष्य पाएको थियो । यो जितसँगै तीन खेलको शृङ्खलामा इंग्ल्याण्डले १–० को अग्रता बनाएको छ ।

सम्बन्धित खबर