२०८१ चैत ३, आइतवार , ११:३२:०१ बजे

Sajhamanch
'

भारतमा पेनकिलर र मल्टिभिटामिनसहति १५६ औषधिमाथि प्रतिबन्ध

शुक्रवार, भदौ ७, २०८१

झापा । भारतको केन्द्र सरकारले १५६ वटा ककटेल औषधिहरूमाथि प्रतिबन्ध लगाएको छ । यीमध्ये कयौं औषधि तपाईंको घरमा पनि हुनसक्छ । प्रतिबन्धित औषधिहरूको सूचीमा पेन किलर, मल्टिभिटामिन, एन्टिपारासिटिक्स, एन्टिएलर्जीक्सका औषधि छन् ।

एउटै चक्कीमा एक भन्दा धेरै औषधि पाइने यी औषधिलाई फिक्स्ड–डोज कम्बिनेसन (एफडीसी) भनिन्छ । यी औषधिलाई अर्को शब्दमा ककटेल औषधि पनि भनिन्छ ।

औषधि बनाउने कम्पनीहरूले प्रतिबन्धको आर्थिक प्रभावबारे अहिलेसम्म घोषणा गरेका छैनन् । प्रतिबन्धमा परेका धेरैजसो ककटेल औषधिलाई सन् १९८८ भन्दा अगाडि नै उत्पादनको अनुमति दिइएको थियो । प्रतिबन्धमा पर्नेमा सिप्ला, टोरेन्ट, सन फार्मा, आईपीसीए ल्याब्स र लुपिन जस्ता ठूला फार्मा कम्पनीका उत्पादन पनि छन् ।

सरकारले जारी गरेको राजपत्र सूचना अनुसार यी १५६ थरी ककटेल औषधिको सेवनले मानव शरीरमा जोखिम छ । प्रतिबन्ध लगाइएको औषधिको सुरक्षित विकल्प उपलब्ध रहेको बताइएको छ । यस विषयमा केन्द्रद्वारा नियुक्त विज्ञ समितिले छानबिन गरेको थियो ।

यस क्रममा समितिले ती एफडीसीलाई तर्कहीन ठहर गर्यो । औषधि प्राविधिक सल्लाहकार बोर्ड (डीटीएबी) ले पनि परीक्षण गरेर यी ककटेल औषधिको मेडिकल साइन्सको हिसाबले कुनै औचित्य नरहेको स्पष्ट पारेको थियो । औषधि निर्माता कम्पनीहरूले प्रतिबन्धको जाँच गरिरहेको बताइएको छ ।
सूचीमा परेका केही औषधि यस्ता छन्

सम्बन्धित खबर