२०८१ चैत ३, आइतवार , ०३:०४:०५ बजे

Sajhamanch
'

अफगानिस्तानमा बाढीका कारण १० जनाको मृत्यु

शुक्रवार, भदौ ७, २०८१

झापा । अफगानिस्तानमा आएको बाढीका कारण १० जनाको मृत्यु भएको छ ।

सञ्चार माध्यमका अनुसार पछिल्लो केही दिनयता अफगानिस्तानका केही भागहरूमा आएको आकस्मिक बाढीका कारण १० जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।

प्रान्तीय सरकारले सबै प्रान्तीय अधिकारीहरूलाई बाढी प्रभावितलाई तत्काल उद्धार गरी आवश्यक प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।

यो वर्षको मेपछि अफगानिस्तानमा वर्षाजन्य विभिन्न दुर्घटनाहरूमा करिब ४०० जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।

सम्बन्धित खबर