२०८१ मंसिर १२, बुधवार , १२:१७:१३ बजे

Sajhamanch
'

दिनभर उतारचढाव भएको शेयर बजार सामान्य बढ्यो, २० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

बिहिवार, साउन २४, २०८१

काठमाडौं । हिजो १०८ अङ्कले बढेको शेयर बजार आज समान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से ६ दशमलव ७० अङ्कले बढेर २ हजार ७६६ दशमलव ३८ विन्दुमा पुगेको छ । दिनभर उतारचढाव भएको नेप्से बिहान ११ बजेर २४ मिनेटमा २ हजार ८११ विन्दुमा पुगेको थियो ।

आज जलविद्युत्, लगानी, उत्पादन, म्युचल फन्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज कर्णाली विकास बैंक, शिवम् सिमेन्ट्स, घोराही सिमेन्ट इन्डस्ट्री, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स एन्ड आयल र सर्वोत्तम सिमेन्टको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको शेयर भने आठ प्रतिशतले घटेको छ ।

आज ३२२ वटा कम्पनीका ५ करोड ९ लाख कित्ता शेयर २० अर्ब ७ करोड रुपैयाँमा कारोबार भएको छ । आज शिवम् सिमेन्ट्स र हिमालयन रिइन्सुरेन्स कम्पनीको एक अर्ब रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

सम्बन्धित खबर