२०८१ कार्तिक ३०, शुक्रवार , ०६:५३:१२ बजे

Sajhamanch
'

उच्च शिक्षा पढ्न कुशिकालाई मेची सहकारीको ५१ हजार सहयोग

शुक्रवार, साउन ११, २०८१

दमक । २०८० सालको एसईई परीक्षामा ४ जीपीए ल्याएर झापा प्रथम भएकी कुशिका बस्नेतलाई ५१ हजार रुपैयाँ प्रदान गरिएको छ ।

दमक–६ मा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले उच्च शिक्षा अध्ययनका लागि उनलाई सो रकम सहयोग गरेको हो ।

सहकारीका कर्मचारीसमेत रहेका शेयर सदस्य लोकबहादुर बस्नेतकी छोरी कुशिकालाई छात्रवृत्तिबापत उक्त सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ ।

सहकारीकी दमक सेवा केन्द्र कार्यालयकी प्रमुख टिकाकुमारी भट्टराईले कुशिकालाई नगद हस्तान्तरण गरेकी थिइन् ।

कमल गाउँपालिका–५ निवासी कुशिकाले दमकको सिद्धार्थ बोर्डिङ स्कूलबाट एसईई परीक्षा दिएकी थिइन् ।

सम्बन्धित खबर