मध्य मालीको बन्दियागारा क्षेत्रको एक गाउँमा आतंककारी आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ। यो घटना सोमबारको भए पनि अधिकारीहरूले बुधबार सार्वजनिक गरेका हुन्।‘सोमबार साँझ करिब ५ बजे, कातिबा मासिनाका आतंककारीले जिगुइबोम्बो गाउँमा आक्रमण गरेका थिए’, एक अधिकारीले भने, ‘अस्थायी टोलमा डोजो शिकारीसहित २२ सर्वसाधारण मारिएका र धेरै बेपत्ता छन्।’
प्रत्यक्षदर्शी र स्थानीय अधिकारीहरूका अनुसार विवाह समारोह भइरहेका बेला आक्रमणकारीहरूले गाउँलाई घेरेका थिए । ‘विवाह उत्सवका क्रममा आक्रमण भयो। आक्रमणमा दुलहाको पनि ज्यान गयो’, स्थानीय एक अधिकारीले भने।सन् २०१२ देखि माली राजनीतिक, आर्थिक र मानवीय संकटको बीचमा आतंकवादी हमलाबाट ग्रस्त छ।
एजेन्सी