२०८३ जेठ १० आइतवार , ०८:५२:४३ बजे

Sajhamanch
'

ह्वाइट हाउसनजिकै गोली चल्यो, दुईजना घाइते

आइतवार, जेठ १०, २०८३

काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित ह्वाइट हाउस नजिकै शनिबार भएको गोलीबारीमा एक जना घाइते भएका छन् भने संदिग्धको मृत्यु भएको छ।

बीबीसीका अनुसार घटनाको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्र थिए।

ह्वाइट हाउसभित्र रहेका धेरै पत्रकारहरूले साँझ ६ बजेतिर गोली चलेको आवाज सुनेका अमेरिकी सञ्चार माध्यमले रिपोर्ट गरेका छन् गोप्य सेवाको विज्ञप्ति अनुसार, १७औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यू नजिकै एक व्यक्तिले आफ्नो झोलाबाट हतियार निकालेर गोली चलाएका थिए।

गुप्त सेवाका अधिकारीहरूले जवाफी गोलीबारी गर्ने क्रममा संदिग्ध घाइते भएका थिए। उनलाई अस्पताल लगिएकोमा त्यहाँ डाक्टरले मृत घोषित गरे।

दोहोरो गोलीबारीमा एक जना यात्रु पनि घाइते भए भने अधिकारीहरूलाई कुनै चोटपटक लागेन। घटनाको समयमा राष्ट्रपति ह्वाइट हाउसमा उपस्थित थिए, तर उनको सुरक्षा वा काममा कुनै असर परेन।

सीबीएस न्यूजका अनुसार १५ देखि ३० वटा गोली चलाइएको थियो।एक महिनाअघि, ह्वाइट हाउस संवाददाताहरूको डिनरमा पनि गोलीबारी भएको थियो, र संदिग्ध आक्रमणकारीलाई पनि पक्राउ गरिएको थियो।