२०८१ मंसिर १३, बिहिवार , ०४:२७:०४ बजे

Sajhamanch
'

हिजबुल्लाह–इजराइल द्वन्द्वले दक्षिण लेबनानमा ३५ करोड डलरको क्षति

सोमवार, चैत ५, २०८०

बेरुत । लेबनानको दक्षिणी सीमामा हिजबुल्लाह–इजराइल द्वन्द्वले ३५ करोड अमेरिकी डलर बराबरको क्षति भएको छ ।

घर र पूर्वाधारको आंशिक र पूर्ण क्षतिका साथै कृषि भूमि जलेर क्षति भएको स्थानीय समाचार सेवा लेबनान न्युजले जनाएको छ ।

“करिब एक करोड वर्गमिटर कृषि भूमि र जंगल जलाइएको छ,” रिपोर्टमा भनिएको छ ।

अघिल्लो दिन इजराइलमाथि हमासको आक्रमणको समर्थनमा लेबनानी सशस्त्र समूह हिजबुल्लाहले इजराइलतर्फ दर्जनौँ रकेट हमला गरेपछि लेबनान–इजराइल सीमामा सन् २०२३ अक्टोबर ८ देखि तनाव बढेको छ । हिजबुल्लाहको आक्रमणको जवाफमा इजराइलले लेबनानको दक्षिणपूर्वतर्फ व्यापक तोप प्रहार गरेको थियो ।

लेबनानी सुरक्षा स्रोतहरूका अनुसार हिजबुल्लाह र इजराइलबीचको टकराबमा लेबनानी पक्षका ३६२ मानिस मारिएका छन् । तीमध्ये २३८ हिजबुल्लाहका सदस्य र ७२ सर्वसाधारण रहेको बताइएको छ ।

सम्बन्धित खबर