२०८२ जेठ १, बुधवार , १०:२४:५३ बजे

Sajhamanch
'

पार्टी विवादबारे रेशम भन्छन्– रञ्जीतालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन

बुधवार, फागुन ३०, २०८०

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले पार्टीभित्र देखिएको विवाद घरझगडा नभएको बताएका छन् । आफू र पार्टी अध्यक्ष रन्जीता श्रेष्ठबीच भएको असमझदारी घर झगडा नभई राजनैतिक रहेको बुधबार सामाजिक सञ्जालमा लेख्दै स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्, विषय जित हारको होइन, आज जिते प्रचण्ड, ओली जित्लान् । भोलि फेरि देउवा जित्लान्, सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिद्ध्याउने नै हो । त्यसैले हामी कसैका पछाडि नलागौँ,आफ्नो पार्टी निर्माणमा जुटौँ ।

उनले रन्जीतालाई आफूले सम्झाउन नसकेको दुखेसो पोखेका छन् । उनले भनेका छन्, मेरा कारण लाखौँ जनताको मन दुखेको मलाई अनुभूत भएको छ, त्यसकारण म क्षमा चाहन्छु तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन । म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन ।

उनी लेख्छन्, जुनसुकै गठबन्धनकापछि लाग्नु भनेको पार्टी डुबाउनु भएको उनले बताएका छन् । घर झगडा हुँदै होइन, विषय राजनैतिक हो । मैले जानेको बुझेको यही हो । आज पनि हेर्नुस् , एमाले, माओवादी, कांग्रेस । यी ठुला दलका नेता, कार्यकर्ता सांसद कतै चलमलाएका छन् र तर एकीकृत समाजवादी, जसपा, नाउपा, लोसपा, रास्वपा, राप्रपा जस्ता साना दलमा कत्रो भुइँचालो गएको छ ।

सम्बन्धित खबर