२०८१ फागुन १२, सोमवार , १०:१९:४२ बजे

Sajhamanch
'

मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोलीको बिदाइ

मङ्गलवार, फागुन २९, २०८०

काठमाडौं । मलेसिया विरुद्ध मैत्रीपूर्ण फुटबल खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार एक कार्यक्रम आयोजना गर्दै नेपाली टोलीको बिदाई गरेको हो ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ,एन्फा कार्यसमिति केन्द्रिय सदस्य मनिष जोशी, सरिला श्रेष्ठ, मणिराज विष्ट, पुरुषोत्तम थापा लगायतले टोलीको बिदाइ गरे ।

फिफा विश्वकप र एएफसी एसियन संयुक्त छनोट अन्तर्गत बहराइन विरुद्धको दुई खेलअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।

नेपालले यही मार्च १५ अर्थात चैत २ गते मलेसियासँग उसैको मैदानमा खेल्ने तालिका छ । नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्नेछ ।

विश्वकप छनोट अन्तर्गत नेपालले चैत ८ र १३ गते बहराइनसँग दुई खेल खेल्दैछ । नेपालले चैत ८ गते बहराइनसँग घरेलु मैदानमा खेल्ने तालिका भए पनि दशरथ रंगशालमा खेलाउन लायक नभएपछि नेपालमा नहुने भएको हो । त्यो खेल पनि अब बहराइनमै हुनेछ ।

मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले मलेसिया विरुद्ध मैधीपूर्ण खेल र बहराइन विरुद्ध हुने विश्वकपक छनोटको दुई खेलका लागि नेपाली टोली पनि घोषणा गरेका छन् । जसमा ६ नयाँ अनुहार छन् ।