२०८१ पौष २३, मङ्गलवार , ०२:४३:५८ बजे

Sajhamanch
'

३ वर्षीय बालकमा दर्दनाक रोग, खानेकुरादेखि लाग्छ डर

शनिवार, फागुन २६, २०८०

संसारमा यस्ता धेरै मानिसहरु छन् जसलाई विभिन्न चिजहरुसँग डर लाग्ने समस्या हुन्छ । कतिपयलाई पानीसँग डर लाग्छ त कतिपयलाई अँध्यारोसँग । के कोही मानिसलाई खानेकुरासँग समेत डर लाग्छ रुमान्छेलाई खानेकुरासँग डर लाग्ने भन्ने कुरा असम्भव जस्तो लाग्छ, किनकि खानेकुराबिना मानिस बाँच्नै सक्दैन । तर एकजना तीन वर्षीय बालकमा खानेकुरा सँग डर लाग्ने अनौठो तथा दर्दनाक समस्या छ ।

एक वर्षभन्दा धेरै भयो उनले आफ्नो मुखबाट खानेकुरा नखाएको । उनलाई ट्युबबाट खानेकुरा दिइन्छ।ओलिभर टेलर नामक ती बेलायती बालकलाई २ वर्षको उमेरदेखि कुपोषण तथा जलवियोजनको समस्या देखिन थालेको थियो ।न्युयोर्क पोष्टको रिपोर्ट अनुसार ओलिभरलाई एभोइडेन्ट रेस्ट्रिक्टिभ फूड इनटेक डिसअर्डर (एआरएफआइडी) नामक स्वास्थ्य समस्या छ । यो रोग भएका मािनसलाई खानेकुरादेखि डर लाग्दछ । यसले मानिसमा खानाको स्वादप्रति नकारात्मक प्रतिक्रिया सिर्जना गर्दछ ।

ओलिभरकी आमा भन्छिन्हो-, यो एउटा खानपिनको डिसअर्डर हो, तर २ वर्षभन्दा कम उमेरका बच्चाहरु पनि यसबाट पीडित हुन्छन् । अटिजमसमेत भएका ओलिभरका लागि यो निकै संवेदनशील हो । यसले निकै त्रास पैदा गर्दछ । ऊ खानेकुराबाट निकै डराउँछ ।

ओलिभरकी आमा एमा र बुवा म्याटी टेलरले आफ्नो छोराजस्तै समस्या भएका अन्य अभिभावकहरुलाई समेत सो समस्याको बारेमा जागरुकता फैलाउनका लागि आफ्नो छोराको समस्याको खुलासा गरेका हुन् ।उनीहरुका अनुसार ओलिभरलाई खाना तथा तरल पदार्थ मन पर्दैन । उनी सन् २०२३ को अधिकतम समय मेसिनमा निर्भर रहे । उनलाई रातभरमा १० घण्टा तथा दिनमा ४ घण्टा मेसिनकै माध्यमबाट खाना दिइन्छ । उनी अहिले पनि ट्युबबाटै खाना लिन्छन् । गत अप्रिलमा उनको पेटमा शल्यक्रिया गरेर एउटा स्थायी ट्युब जोडिएको छ ।

ओलिभरकी आमा एमाका अनुसार ट्युबबाट खानेकुरा खुवाउनाले पछिल्लो एक वर्षमा उनको सरीरको तौल एक तिहाइले बढेको छ । उनी भन्छिन्, ‘तपाईंले यो समस्याले उसमा तथा हाम्रो परिवारमा पर्ने प्रभावको कल्पना पनि गर्न सक्नुहुन्न । ऊ अहिलेपनि खाने कुरालाई लिएर निकै सकसमा पर्दछ । उसकै कारण हामीले पारिवारिक डिनर तथा जन्मदिनका पार्टी जस्ता कुनैपनि भोज आयोजना गर्न सक्दैनौं ।’एजेन्सी

सम्बन्धित खबर