
काठमाडौ । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा मंगलबार अपराह्न बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
बैठकपछि संचारकर्मीहरुसँगको कुराकानीमा कांग्रेस उपसभापति धनराज गुरुङले भने ‘हामीले पुष्पकमल दाहाललाई जुन समर्थन गरेका थियौं। विश्वासको मत दिएका थियौं। आजको बैठकबाट हामीले गरेको समर्थन फिर्ता लिएका छौं। बैठकमा इलाम र बझाङको चुनावका लागि दल दर्ता गर्ने निर्णय पनि भयो।’
प्रधानमन्त्री दाहालले सोमबार कांग्रेससँगको सहकार्य तोडेर नेकपा एमालेसँग नयाँ समीकरण बनाएका थिए। उनले कांग्रेससहित सबै दलबाट बनेका मन्त्रीहरुलाई बर्खास्त गरेर नयाँ मन्त्रिपरिषद् बनाएका छन्।