२०८१ असोज ४, शुक्रवार , ०१:५४:०१ बजे

Sajhamanch
'

१३ वर्षपछि ‘झिल्को’बाट फिल्ममा फर्कँदै अभिनेता सुनिल पोखरेल

बिहिवार, माघ ४, २०८०

काठमाडौं । रंगमंचका ब्यस्त अभिनेता सुनिल पोखरेलले १३ वर्षपछि फिल्ममा पुनरागमन गर्ने पक्का भएको छ । यादवकुमार भट्टराईले निर्देशन गर्ने फिल्म ‘झिल्को’मा उनको शीर्ष भूमिका हुनेछ ।

फिल्ममा सुनिलसहित वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकालको अभिनय हुनेछ । माघ २२ गतेदेखि काठमाडौंमा फिल्म छायांकन हुनेछ ।झोला’ र ‘भोर’पछि भट्टराईको यो तेस्रो निर्देशकीय फिचर हुनेछ । सामाजिक कथावस्तुमा बन्न लागेको ‘झिल्को’ले वर्तमान नेपाली समाजको कथा पेश गर्ने निर्देशक भट्टराईले बताए ।

सुनिलका लागि भने यो १३ वर्षपछिको कमब्याक हुनेछ । उनले पछिल्लोपटक ‘आचार्य’मा अभिनय गरेका थिए जुन सन् २०११ मा रिलिज भएको थियो । त्यसअघि उनले विष, अल्पविराम र गोधुलीमा अभिनय गरिसकेका छन् ।निर्देशक भट्टराई निर्देशित पहिलो फिल्म ‘झोला’ सन् २०१४ को ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भएको थियो । पछिल्लो झिल्कोको पटकथा तथा संवादलाई भट्टराईसहित अरुणदेव जोशी र देवव्रतले लेखेका छन् ।दीपक बज्राचार्यको छायांकन, चण्डीप्रसाद काफ्लेको संगीत हुनेछ । फिल्मको शुभसाइत बिहीवार गुह्येश्वरी मन्दिरमा गर्दै औपचारिकरुपमा घोषणा गर्ने तयारी छ ।

सम्बन्धित खबर