२०८१ मंसिर १४, शुक्रवार , ०७:४८:४९ बजे

Sajhamanch
'

दक्षिण अफ्रिकामा बाढीले सातजनाको मृत्यु, ११ बेपत्ता

बुधवार, पौष ११, २०८०

दक्षिण अफ्रिकाको क्वाजुलु नटाल प्रान्तमा बाढीका कारण सात जनाको मृत्यु भएको छ। ११ जना बेपत्ता भएका छन्।क्वाजुलु नटालको लेडिस्मिथ जिल्लामा १० मिटरसम्मको गहिरो हिलोले घरहरू क्षतिग्रस्त भएको र सवारीसाधन बगाएको उद्धारकर्मीले बताएका छन्।

अधिकारीहरूका अनुसार बेपत्ताको खोजीमा उद्धारकर्मी मुसलधारे वर्षामा सङ्घर्ष गरिरहेका छन्। डर्बनदेखि २३० किलोमिटर उत्तरपश्चिममा रहेको लेडिस्मिथमा वर्षाका कारण शव खोजीमा व्यवधान भएको छ। यो स्थानमा आइतबार मुसलधारे वर्षा भएको थियो।

क्वाजुलु नटाल वैश्विक तापक्रममा भएको वृद्धिका कारण बाढी र मौसमी प्रकोपको चपेटामा परेको छ। सन् २०२२ अप्रिलमा प्रान्तको मुख्य सहर डर्बनमा आएको ठूलो आँधीपछिको बाढी र पहिरोमा परी ४५० भन्दा बढीको मृत्यु भएको थियो। एजेन्सी

सम्बन्धित खबर