२०८१ मंसिर १६, आइतवार , ०२:५७:०६ बजे

Sajhamanch
'

‘एनिमल’ बन्यो धेरै कमाउने सातौं भारतीय फिल्म

बुधवार, मंसिर २७, २०८०

काठमाडौं । रणवीर कपुर स्टारर भारतीय फिल्म ‘एनिमल’ले नेपालसहित भारत र विश्वभर उत्कृष्ट कमाइ गरिरहेको छ । १० दिनसम्म यो फिल्मले भारतीय बक्स अफिसमा ४३४.०२ करोड नेट कमाएको छ ।

जसमध्ये हिन्दी संस्करणमा मात्र ३३८.३८ करोड भारु नेट र दक्षिण भारतीय संस्करणमा ४५.६५ करोड नेट कमाइ गरेको उल्लेख छ । १० दिनमै सन्दीप रेड्डी भांगा स्टारर फिल्मले विश्वभर ‘७१७.४६ करोड नेट भारु कमाएको छ ।शाहरुख खानको ‘जवान’पछि ‘एनिमल’ छिटो ४०० करोड कमाउने दोस्रो बलिउड फिल्म बनेको छ । कोइमोइ डटकमका अनुसार यो फिल्म भारतीय फिल्मको इतिहासमा धेरै कमाउने सातौं फिल्म समेत बनेको छ ।

डिसेम्बर १ मा रिलिज भएको फिल्मलाई मिश्रित समीक्षा प्राप्त भयो । तर, लक्षित दर्शकीय वर्ग १८ देखि ३५ उमेर समूहले रुचाएकाले कमाइ राम्रो गरेको विश्लेषण छ । सामाजिक संजालमा यसबारे चलेका बहसको कारण पनि दर्शक ठूलो पर्दामा अनुभव लिन उत्साहित देखिएका छन् ।दोस्रो आइतबार यो फिल्म ४०० करोड क्लबमा प्रवेश गरेको हो । यसको कमाइको गति तत्काल रोकिने देखिँदैन । ‘एनिमल’ले ‘बाहुबली स् द बिगिनिङ’को लाइफटाइम कलेक्सन (४१८ करोड भारु), ‘२.०’को (४०८ करोड भारु) र ‘दंगल’को (३८७.३८ करोड भारु)लाई समेत उछिनेको छ ।एनिमल धेरै कमाउने सूचीको सातौं स्थानमा प्रवेश गर्दा रजनीकान्तको ‘जेलर’ (३४५ करोड भारु)भने सूचीबाट बाहिरिएको छ । केही दिनमै एनिमलले ‘गदर २’को कमाइलाई उछिन्ने देखिन्छ ।

सम्बन्धित खबर