कमल । झापाको कमल गाउँपालिकाले आजबाट बेरोजगार युवालाई लक्षित गरेर ड्राइभिङ्ग तालिमको सुरुवात गरेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अनुसार गाउँपालिकामा रहेका बेरोजगार युवालाई लक्षित गरेर तालिम आयोजना गरिएको जनाइएको छ ।
पालिकाको आर्थिक सहयोग र चन्द्रसूर्य सीप विकास संस्था दमकको प्रविधिक सहयोगमा सञ्चालित तालिममा ४० जना युवा सहभागी रहेका छन् । तालिम एक महिनासम्म सञ्चालन हुने महिला तथा बालबालिका शाखा प्रमुख रिता कार्कीले जानकारी दिइन् ।
तालिमको पहिलो दिन ट्राफिक प्रहरी पोष्ट केर्खाका इन्चार्ज, प्रहरी सहायक निरीक्षक अनिष खड्का र ट्राफिक प्रहरी भोजराज चौलागाईंले सहजीककरण गरेका थिए ।