झापा । कोशी प्रदेशका झापा, मोरङ र इलाम जिल्लामा कार्यक्षेत्र विस्तारित बिर्तामोडको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औँ वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभा आजदेखि सुरु गरिएको छ ।
साधारणसभा प्रयोजनका लागि संस्थाले निर्धारण गरेको इकाइ नं. ७ अन्तरगतका सेवा केन्द्रहरु सुरुङ्गा, झिलझिले, बैगुनधुरा, शरणामती र शिवगञ्जका शेयर सदस्यहरु सहभागी गराएर पहिलो इकाइगत सभा आज सम्पन्न गरिएको हो ।
कनकाई उद्योग वाणिज्य संघको सभाहल सुरुङ्गामा आयोजित इकाइगत सभाको अध्यक्षता संस्था सञ्चालक समितिका अध्यक्ष टसबहादुर श्रेष्ठले गरेका थिए । कनकाइ नगरपालिका वडा नं. ३ का अध्यक्ष युवराज चम्लागाइँको प्रमुख आतिथ्यमा आयोजित इकाइगत सभाको सञ्चालन सचिव भूपाल बस्नेतले गरेका थिए ।
संस्थाका कोषाध्यक्ष एकराज विष्टले शाब्दिक स्वागत गरेको सो इकाइगत साधारणसभाबाट माइन्युट प्रमाणित सभाका लागि ५ जना प्रतिनिधि छानिएको थियो ।
सो इकाइगत सभामा सहभागी सेवा केन्द्रहरुबाट एक–एक जनाका दरले उत्कृष्ट बचत कारोबार गर्ने सदस्यहरु ५ जना र असल ऋणीहरु ५ जना गरी १० जनालाई प्रशंसापत्र प्रदान गरी सम्मान पनि गरिएको थियो ।