
कश्मिर (भारत) । जम्मु–कश्मिरको डोडा भन्ने स्थानमा हिजो बुधबार एउटा यात्रुबाहक बस दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
भारतीय सरकारी अधिकारीहरुका अनुसार घुम्तीमा बस नमोडिँदा करिब ३०० फिट तल खसेको छ । बस दुर्घटनाको अनुसन्धान जारी रहेको उनीहरुले बताएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट तत्काल राहत सहयोगको घोषणा गरेका छन् ।
दुर्घटनामा घाइतेको उपचार सहयोगार्थ ५० हजार र मृतकका परिवारलाई २ लाख रुपैयाँ तत्काल सहयोग गर्ने घोषणा भएको हो ।