२०८१ असोज ३, बिहिवार , ०७:४९:५९ बजे

Sajhamanch
'

जडिबुटी खेती विस्तार सम्बन्धी महेन्द्रद्वारबाट अवलोकन भ्रमण

सोमवार, माघ ९, २०७९

मेचीनगर । झापाको मेचीनगर ६ काँकरभिट्टास्थित महेन्द्रद्वार सहकारी संस्था लिमिटेडले जडिबुटी खेती विस्तार सम्बन्धी अवलोकनका लागि कृषकहरूलाई दुई दिवसीय अवलोकन भ्रमण गराएको छ । संस्थाले माघ ७ गते शनिबार र आइतबार दुई दिन प्रदेश १ का विभिन्न क्षेत्रमा अवलोकनका लागि कृषकहरूलाई लगेको हो ।

जिल्लाकै पुरानो सहकारी संस्था महेन्द्रद्वारले पछिल्लो समय जडिबुटी खेतीलाई प्रवर्द्धन गर्न आफ्नो किसानहरूलाई जडिबुटी खेती तर्फ प्रोत्साहन गर्दै आएको छ । अन्य बालीको तुलनामा जडिबुटी खेतीबाट मनग्ये आम्दानी हुने भएपछि संस्थाले आफ्ना किसानहरूलाई जडिबुटी खेतीतर्फ प्रोत्साहन गरिएको महेन्द्रद्वार सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु दाहालले बताए ।

बाहुनडाँगी क्षेत्रमा हात्तीको आतंकले अन्य बाली तहसनहस बनाउने गरेकोले सदस्य किसानलाई जडिबुटी खेतीतर्फ सहकारीले सदस्य किसानहरूलाई प्रोत्साहित गरिरहेको अध्यक्ष दाहालको भनाई छ । अन्य बालीको तुलनामा जडिबुटी खेतीबाट राम्रो प्रतिफल लिनसक्ने उनले बताए ।

सहकारीले हालै ३० बिगाहा क्षेत्रफलमा लेमनग्रास र सिटनोला प्रजातिका जडिबुटी खेती सुरू गरेको छ । आगामी दुई वर्ष भित्रमा १०० बिगाहाभन्दा बढी क्षेत्रफलमा जडिबुटी खेती गर्ने योजना रहेको संस्थाका व्यवस्थापक सावित्रा अधिकारीले बताइन् ।

अवलोकन भ्रमणमा गएको टोलीले मोरङ ४ बेलबारीस्थित जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी अनुगमन गर्दै बराह नगरपालिका ६ स्थित सप्तकोसी कृषि सहकारी संस्थाले ४ बिगाहा क्षेत्रफलमा लगाएको लेमनग्रास प्रजातिको जडिबुटी खेतीको अवलोकन गरेको छ । जडिबुटी खेतीको अवलोकन पछि सहकारीले अन्तक्रिर्या समेत सम्पन्न गरेको छ ।

सो अवसरमा सहभागीहरूले जडिबुटी खेतीको उत्पादन तथा बजारीकरणको बारेमा जिज्ञासा राखेका थिए ।

सम्बन्धित खबर