
कनकाईका १८ जना दलित विद्यार्थीलाई छात्रवृति प्रदान

कनकाई । यहाँस्थित नेपाल दलित उत्थान सञ्जालले १८ जना दलित, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई आज छात्रवृत्ति प्रदान गरेको छ ।
सञ्जालले आफ्नो अक्षयकोषबाट प्राप्त ब्याजबाट कनकाई नगरपालिकाका माध्यमिक तहमा अध्ययनरत १८ जना विद्यार्थीलाई जनही ५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको हो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उक्त छात्रवृत्ति रकम प्रदान गरेका हुन् ।
नेपाल दलित उत्थान सञ्जाललाई अक्षयकोषका लागि कनकाई नगरपालिकाले प्रदान गरेको ५ लाख रुपैयाँ र तत्कालिन संविधानसभा सदस्य प्रेमबहादुर गिरीले प्रदान गरेको एक लाख रुपैयाँबाट अक्षयकोष बनाइएको छ । सोही अक्षयकोष रकमको ब्याजबाट सञ्जालले कनकाईका ९ वटै वडाबाट २–२ जनाको दरले १८ जना विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको अध्यक्ष ठाकुर बराइलीले जानकारी दिए ।
सो अवसरमा सञ्जालले कनकाई नगरपालिकाका नगरप्रमुख, उपप्रमुख र ९ वटै वडाबाट निर्वाचित दलित महिला सदस्यलाई बधाई तथा कार्यसफलताको शुभकामना ब्यक्त गरेको थियो ।
छात्रवृत्ति प्रदान कार्यक्रममा बोल्दै नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले दलित विद्यार्थीका लागि हरेक वर्ष नगरले शिक्षामा बजेट बिनियोजन गर्ने र दलित विद्यार्थीलाई प्राविधिक शिक्षामा अभिप्रेरित गरिँदै लैजाने प्रतिवद्धता जनाएका थिए ।
June 22, 2022 8:26 pm | शिक्षा,समाज,स्थानीय तहप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

शिवसताक्षीका नगरप्रमुखको नयाँ काम, हाम्रो नगर उज्यालो सहर कार्यक्रम

झापाका कुन पालिकाको प्रस्तावित बजेट कति

शिवसताक्षीमा दशौं नगरसभा, कृषि, शिक्षा र स्वास्थ्यमा जोड

आर्थिक वर्ष २०७९/८० का लागि कमल गाउँपालिकाको बजेट ७१,१२,३३,००० रुपैयाँ

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

७७ वर्षीया हजुरआमाको हत्या गरेर खाल्डोमा पुर्ने नाती पक्राउ

नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक छः राज्यमन्त्री श्रेष्ठ
