२०८१ वैशाख २४, सोमवार , ०४:५४:२० बजे

Sajhamanch
'

किसानलाई ४८ करोड रुपैयाँ भुक्तानी गरेको ‘डीडीसी’ को दाबी

शुक्रवार, वैशाख १४, २०८१

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले किसानलाई ४८ करोड रुपैयाँ भुक्तानी गरेको छ । डीडीसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा ४८ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

संस्थानका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले गर्मीयाम शुरु भएसँगै दुग्धजन्य पदार्थ (दूध, दही, मोही, पनिर, लसी, आइसक्रिम) को बिक्री बढेकाले किसानको रकम भुक्तानी गर्न सहज भएको बताउनुभयो ।

डीडीसीले वैशाख लागेपछि विराटनगर क्षेत्रमा १० करोड, जनकपुर क्षेत्रमा एक करोड, हेटौँडा क्षेत्रमा आठ करोड, लुम्बिनी क्षेत्रमा चार करोड २५ लाख, नेपालगञ्ज क्षेत्रमा दुई करोड ७५ लाख, धनगढी क्षेत्रमा एक करोड ५० लाख र काठमाडौं क्षेत्रमा १३ करोड रुपैयाँ किसानको रकम भुक्तानी गरेको हो ।

डीडीसीले हेटौँडामा सञ्चालन गरेको डीडीसी पशु आहारा उद्योगबाट किसानले दाना खरिद गरी पैसा भुक्तानी गर्न बाँकी छ करोड रुपैयाँ कट्टासमेत गरेको निमित्त महाप्रबन्धक अधिकारीले बताउनुभयो । डीडीसीको हेटौँडामा सञ्चालित पशु आहारा उद्योगबाट मासिक पाँच लाख किलो दाना उत्पादन हुँदै आएको छ ।

सम्बन्धित खबर