२०८१ वैशाख २५, मङ्गलवार , ०७:०४:५६ बजे

Sajhamanch
'

लागूऔषधसहित पाँच जना पक्राउ

शुक्रवार, वैशाख १४, २०८१

पथरीशनिश्चरे ।इलाका प्रहरी कार्यालय पथरीले लागूऔषध सहित पाँच जना युवाहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पथरीशनिश्चरे नगरपालिका–१ मोरङ बस्ने ४६ वर्षीय श्याम कुमार खड्का ,सोही स्थानका २७ वर्षीय सुजन कार्की र ३५ वर्षीय राम जित लिम्बू रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट ६ मिलिग्राम ब्राउनसुगर, निट्राभेट १० लेखिएको ६५ चक्की, स्कुफ १०० एमएलको तीन बोत्तल सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

त्यस्तै पथरी शनिश्चरे नगरपालिका– ३ का अनिल मगर र पथरी शनिश्चरे –१० बस्ने २० वर्षीय अनिहाङ लिम्बूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मगरको घरबाट छापा मारेर १८० मिलिग्राम ब्राउन सुगर, चार सय ग्राम गाँजासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश कुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका पाँच जनालार्ई लागूऔषध मुद्धामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

सम्बन्धित खबर