
काठमाडौं । लगातार २ दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ०८ अङ्कले घटेर २ हजार ७५४ दशमलव ४८ विन्दुमा झरेको छ ।
आज सबै समूहको सूचक बढेकामा होटल तथा पर्यटन, जलविद्युत् समूहको सूचक डेढ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज २४८ वटा कम्पनीको शेयर बढेकोमा २१ वटाको घटेको छ । एनएलजी इन्सुरेन्सको शेयर भने घटबढ भएको छैन ।
आज अपर लोहोरे खोला जलविद्युतको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर १३ दशमलव २६ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब ८ करोडको कारोबार भएकोमा आज ३४६ वटा कम्पनीका १ करोड ६ लाख कित्ता शेयर ३ अर्ब ८२ करोड रुपैयाँमा किनबेच भएको छ ।


