
काठमाडौं । आज सुनको भाउ यथावत् रहेको छ । चाँदीको भाउ घटेको छ ।
हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेर तोलाको ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा आज यथावत् नै रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको छ । हिजो तोलाको ५ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज घटेर तोलाको ५ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


