२०८३ जेठ १९ मङ्गलवार , ०३:४६:३२ बजे

Sajhamanch
'

नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट

मङ्गलवार, जेठ १९, २०८३

काठमाडौं । नेपाली पुरुष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनोट भएको छ ।

एसियन गेम्स छनोट अन्तर्गत मंगलबार भएको समूह ए को खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि मलेसियासँगै नेपाल पनि छनोट भएको हो ।

७ टोली सहभागी छनोट प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्ने प्रावधान छ भने सेमिफाइनल पुग्ने चारवटै टोली एसियन गेम्समा पुग्छन् ।

नेपालको समूहमा मलेसिया र चीन मात्र थिए । कतारले नाम फिर्ता लिएपछि नेपाल र मलेसियाले एकएक खेल जित्ने बित्तिकै शीर्ष २ को टुंगो लागेको हो ।

नेपालले आइतबार भएको खेलमा चीनलाई पराजित गरिसकेको थियो । अब नेपाल र मलेसिया बिहीबार समूह विजेता बन्नका लागि खेल्नेछन् ।

नेपाली महिला क्रिकेट टोली भने चीनसँग नै पराजित भएर छनोट हुन असफल भएको थियो ।

सम्बन्धित खबर