२०८३ जेठ ६ बुधवार , १२:४१:५० बजे

Sajhamanch
'

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

मङ्गलवार, जेठ ५, २०८३

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।

बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची छ । प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो ।

वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नु भएकोे थियो । छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डा. वाग्लेले जवाफ दिने तालिका छ ।

यसैगरी राष्ट्रियसभाको बैठक पनि आज अपराह्न १३ः१५ बजे बस्दैछ ।

सम्बन्धित खबर