२०८३ वैशाख २९ मङ्गलवार , ११:०९:५२ बजे

Sajhamanch
'

एसईईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा अनुत्तीर्ण भएकालाई आउँदो असार एक गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने भएको छ । नन्ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् ।

बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यसवर्ष एसईईमा नियमिततर्फ दुई लाख ८४ हजार १६० विद्यार्थी उत्तीर्ण भएको र एक लाख ४६ हजार ५०७ नन्ग्रेडेड भएको जानकारी दिनुभयो । गएको चैत १९ देखि २९ गतेसम्म सञ्चालित परीक्षामा पाँच लाख १२ हजार ४२१ सहभागी थिए ।

बोर्डले परीक्षा सम्पन्न भएको एक महिनामै नतिजा सार्वजनिक गरेको हो । ग्रेडवृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न आग्रह गरेको छ । त्यस्तै, बोर्डले एसईईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गर्नेछ ।

यस्तै यसवर्ष कक्षा ११ को भर्ना प्रक्रिया पनि छिट्टै शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक अधिकारीले अब कक्षा ११ को भर्ना तयारी थालिने बताउनुभएको छ । शिक्षा मन्त्रालयले सरोकारवाला पक्ष र निकायसँग आवश्यक छलफल गरेर भर्ना र पठनपाठनको मिति तय गर्नेछ ।

सम्बन्धित खबर