२०८३ वैशाख २९ मङ्गलवार , ११:२५:४४ बजे

Sajhamanch
'

म्याग्दीको महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ । ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो ।

सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउजाउ गर्ने गाडी बीचबाटोमा रोकिएका छन् । मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शन गर्न जाने र फर्कने यात्रीहरु पनि प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले अवरुद्ध सडक खुलाउन पहल भइरहेको जनाएको छ ।

मङ्गलवार, वैशाख २९, २०८३ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर