२०८२ भदौ २२, आइतवार , ०४:३०:०९ बजे

Sajhamanch
'

प्रेशर कुकर पड्किँदा महिला घाइते

आइतवार, भदौ २२, २०८२

इटहरी । सुनसरीको ईनरुवा नगरपालिका–६ घोपाली टोलमा शनिबार बिहान प्रेशर कुकर पड्किँदा २३ वर्षीया महिला घाइते भएकी छन्।

रामहरि पोखरेलकी पत्नी विष्णु माया दाहाल खाना पकाउने क्रममा करिब बिहान ८ः१५ बजे कुकर पड्किँदा अनुहार र दाहिने हातमा चोट लागेको हो।

उनलाई तत्काल जिल्ला अस्पताल ईनरुवामा प्रारम्भिक उपचारपछि बिराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।

चिकित्सकका अनुसार दाहालको अवस्था मध्यम छ र उनी बोल्न सक्ने अवस्थामा छन्।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी सखुवागाछीबाट प्रसनि दयाराम खतिवडाको कमाण्डमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।